- अमर काफ्ले

इनरुवा बजार क्षेत्रका गरिव र विपन्न परिवारलाई खाद्यान्न सहयोग वितरण थालिएको छ । स्थानीयको पहलमा बजार क्षेत्रमा रहेका १ सय ५० परिवारलाई खाद्यान्न सामाग्री वितरण थालिएको हो। व्यक्तिगत सहयोग जुटाई इनरुवा १ का स्थानीयले विपन्न र गरिव परिवारकालागि राहत वितरण थालेका हुन् ।


मुलुकमा लक डाउनका कारण मजदुरी गरी छाक टार्दै आएकाहरुको रोजीरोटी गुम्दा पेट पाल्न समस्या परेकाले दाल,चामल,नुन,तेल,चिउरा,भुजा र बिस्कुट सहित हात धुने साबुन लगायतका सामग्री सहयोग स्वरुप वितरण थालिएको निखिल पोखरेलले जानकारी दिए ।पोखरेलले बजार क्षेत्रमा रहेका गरिव, विपन्न र मजदुरहरुको विवरण तयारी पारी राहत वितरण थालिएको बताए ।


सहयोगी दाताहरुले सम्वन्धित परिवारको घरघरमा पुगेर खाद्यान्न सामग्री वितरण गर्ने गरेका छन् । खाद्यान्न सहयोग वितरणकालागि आवश्यक सरसामानको बन्दोवस्ती जुटाउन पोखरेल सहित लक्ष्मी साह, दिगम्बर स्वर्णकार, समिम अख्तरले रकमको जोहो गरेका हुन् । उनीहरुलाई स्थानीय युवाहरुले समेत साथ दिएका छन् । राहत वितरणको कार्यलाई जारी राख्ने उनीहरुले बताएका छन् ।
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia