कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा लकडाउन थपेको छ । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन प्रस्ताव गरेको थियो । सरकारले समितिको प्रस्तावलाई परिमार्जन गर्दै ८ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी मुलुकभर एक साता लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणको लकडाउन अवधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । पहिलो चरणको लकडाउन नसकिँदै सरकारले त्यसलाई थपेको हो ।सरकारले पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी मुलुकभर एक साता लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणको लकडाउन अवधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । पहिलो चरणको लकडाउन नसकिँदै सरकारले त्यसलाई थपेको हो ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia