इनरुवा। विश्वव्यापी माहामारीको रुप लिदै आएको कोरोना भाईरसको चपेटामा नेपाल पनि परिसकेको अवस्थामा यहाको दैनिक जनजिवन थप कस्टकर बन्दै आएको छ। सरकारले जनताको सुरक्षाकालागि घोषणा गरिएको लकडाउनको समय अवधि झन थपिदै आएको छ। यसको प्रभावले गर्दा दैनिक ज्यालादारी तथा मजदुरी गरि जिवन निर्वाहा गर्ने समुदायमा बिहान र बेलुकिको हातमुख जोड्न हम्मेहम्मे परेको छ। यसै बिच दैनिक ज्यालादारी तथा मजदुरी गरि जिवन निर्वाहा गर्ने समुदायलाई केहि सहज होस भनि सजिलो कृषि सहकारी संस्थाले दैनिक उपभोग्य वस्तु वितरण गरेको छ।

सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको सजिलो कृषि सहकारी संस्थाले दैनिक ज्यालादारी तथा मजदुरी गरि जिवन निर्वाहा गर्दै आएका विपन्न समुदायका २५ घर परिवारलाई दैनिक उपभोग्य वस्तु सहयोग गरेको छ। लकडाउनका अवधिमा दैनिक आम्दानीको स्रोत नभएकोले गर्दा विपन्न समुदायलाई राहत स्वरुप चामल, दाल, तरकारी, नुन, तेल, सावुन, माक्स, बिस्कुट लगायतको खाद्यन्न वितरण गरिएको सजिलो कृषि सहकारी संस्थाका अध्यक्ष इसराइल मन्सुरीले बताए ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0









