- अशोक कुमार साह

राजविराज। जिल्लाको राजबिराज नगरपालिकामा अतिआवश्यक सामग्रीको खरिद बिक्री सहजताका लागि संचालन गरेको गुद्री हटिया मंगलबारदेखि बन्द गरेको छ ।कोरोना भाईरसको संक्रमण बढ्ने खतरालाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशाला र नगरपालिकाको विभिन्न ठाउँमा व्यवस्थित हाटबजार संचालनमा ल्याएको थियो ।

शनिबारदेखि बिहान ६ बजे देखि ९ बजे सम्म लाग्दै आएको उक्त हाटबजार पुर्ण रूपमा बन्द गरेको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले जनाएको छ ।यसैबीच तरकारी बेच्ने व्यवसायीहरुले ढकिया, ठेल्ला र साईकलको माध्यमबाट घर घरमा गई सुरक्षित तरिकाले बेच्न सकिने मेयर यादवले बताए । यसअधि नगरको वडा नम्बर ७ मा गुद्री हटियामा भिडभाड बाक्लो हुन थालेपछि नगर स्थित राजबिराज वडा नम्बर ७ को राजरंगशाला, वडा नम्बर १ को महाकवि आधारभूत विद्यालय पडरिया, राठोजोभमा विद्यालय राजदेवी, वडा नम्बर ८ को रुपनी रोड, मदननगर, पुलचौक, कंचनपुर रोड पुल नजिक, वडा नम्बर १० को बिरौल चौक र वडा नम्बर १५ को मुसहर्निया हटिया, देउरी भरुवा चौक लगायतका १० स्थानमा हटिया सञ्चालन गरेका थिए ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia