भण्टावारि । सुनसरीको कोशी गाउँपालीकामा आगलागी हुँदा १८ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम कुसाहामा स्थानीय मुनेश्वर सरदारको घरबाट आगलागी हुँदा १८ लाख ६७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

हिजो सोमबार साझ मुनेश्वरको घरबाट दाउराको चुलोबाट भीषण आगलागी भएको प्रहरीको भनाइ छ । आगलागीमा सरदारको दुइटा टिनको घर जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको छ । यसैगरी कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम कुसाहाकै लाल सरदारको एउटा टिनको घर जल्दा २ लाख ६५ हजार बराबरको क्षति भएको छ भने राम सरदारको एउटा टिनको घरसँगै नगद डेढ लाख जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

त्यसैगरी भदा सरदारको एउटा घर जलेर नष्ट हुँदा ३ लाख ५२ हजार क्षति भएको छ भने उनका छिमेकी गंगा बहरखेरको ट्याक्टरको ट्रली, दाउरा राख्ने घरका साथै ५ वटा परालको टाल जल्दा ३ लाख ५० हजार बराबरको क्षति भएको लौकही प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीहरुले खाना पकाउने ग्यास सिलेन्डर पड्केर आगलागी भएको बताएपनि प्रहरीले भने दाउराको चुलोबाट आगो सल्केको र ग्यास पड्केर आगलागीले भीषण रुप लिएको बताएको छ । आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका साथै इटहरी, दुहबी र महेन्द्रनगरबाट आएका दमकलले करिब ३ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia