इनरुवा। विश्व अहिले कोरोना भाईरसको माहामारीका कारणले त्राहिमाम हुदा आम नागरिकमा त्रास र चिन्ता फैलिएको छ। यस कठिन अवस्थामा देश र जनतालाई कोरोना भाईरसको संक्रमणबाट जोगाउन फ्रन्टलाईनमा बसी संघर्ष गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै हुन्।
इनरुवा नगरभित्र कोरोना भाइरसको माहामारीलाई रोक्न नेपाल सरकारबाट जारी गरिएको लकडाउन अवधिमा अपनाईएको सुरक्षा बेवस्था फितलो पाईएको छ। तोकिएको लकडाउन समय अवधिमा आम नागरिक आ-आफ्नै घरमा बसी कोरोनाको संक्रमणलाई रोक्नु हो तर इनरुवा नगरभित्र यसको प्रभाव मुख्य चौक तथा बजारक्षेत्रमा मात्र देख्न सकिन्छ। इनरुवाका केहि स्थानहरु बाहेक अन्य स्थानहरुमा लकडाउनको प्रभाव न्युन देख्न सकिन्छ।

लकडाउनलाई संयमित तथा अनुशासित बनाउन स्थानियवासि तथा जागरुक युवाहरुले प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रयास गरेतापनि प्रहरी प्राशासनले वास्त नगरेको सहजै देख्न सकिन्छ। इनरुवा वडा नं. १ मा अवस्थित टेम्पो स्टेण्डमा लकडाउनको सुरुवात देखि नै दिनभरि जसो नै मानिसहरुको जमघट हुने गरेको छ। स्थानियहरुले यस विषयमा प्रहरी प्रशासनलाई जानकारी गराउदा समेत कुनै पनि किसिमको कार्वाही नभएको बताउछ्न्। भेला, सभा, सम्मेलन तथा जमभट गर्नलाई सरकारले रोक लगाएता पनि दैनिक रुपमा त्यस स्थानमा सरकारले दिएको निर्देशनको विपरित पाईएको छ। स्थानियका अनुसार चैत्र १८ गते मंगलबारका दिन पटक पटक प्रहरी कन्ट्रोल रुममा सम्पर्क गरि घटनाको विषयमा जानकारी गराएका थिए तर कन्ट्रोल रुमबाट टोली पठाईदिने आश्वासन मात्र दिए।
“यस्तो महामारीको प्रकोप छ, अनुहार हेरेर को संक्रमित हो वा होइन थाहा हुदैन, हामी धेरै नै त्रसित छौ, दिनहु दिउसो १२ बजे देखि बेलुकाको ४ बजे सम्म यस टेम्पो स्टेण्डको चिया पसल भित्र १५-२० जनाको भिड हुन्छ तास खेलिराखेका हुन्छन् तर पुलिस प्रशासनलाई मतलबै हुदैन” भन्दै स्थनिय एक युवाले गुनासो पोखे। उक्त चिया पसल नजिकै दैनिक रुपमा सुरक्षाकर्मीहरु गस्तिमा खटिएका हुन्छन तर ति सुरक्षाकर्मीहरुले वास्ता नगरेको स्थानियको बुझाई छ।
यसै विषयको जानकारीका लागि १९ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षकको मोबाईलमा सम्पर्क गर्दा वहाको फोन नउठेको तथा जिल्ला प्रहरी कार्यालय सुनसरीकै अर्को नंम्बर (९८५२०९०१२७) मा सम्पर्क गर्दा गैरजिम्मेबारी पुर्ण जवाफ पाईएको छ। वहाको भनाई अनुसार यस्ता साना तिना समस्याहरु तपाईहरु आफै पनि मिलाउन सक्नु हुन्छ। हाम्रा दुई वटा गाडीहरु पेट्रोलिंगमा छन् समय मिलो भने उता तिर पठाई दिम्ला।
लकडाउनको अवधिमा यो त एउटा उदाहरणिय घटना मात्र हो नगरका मूख्यभाग तथा सडकममा मात्र लकडाउन जारी भएको देखिन्छ। नगरको भित्रि भागमा निर्बाधरुपमा मानिसको भिड देख्नसकिन्छ। खासगरि बिहान तथा साझको समय ठाउ ठाउमा समुह बनाई नियमित क्रियाकलाप गरेको देखन सकिन्छ। सम्बन्धित निकायले यस विषयमा बेलैमा ध्यानपुर्याउनु आवश्यक देखिन्छ।
यस्तो जटिल तथा गम्भिर विषयलाई समेत प्रहरी प्रशासनले हल्का रुपमा लिएको सहजै रुपमा अनुभुति गर्न सकिन्छ आम जागरुक नेपाली सुरक्षा तथा संवेदनशिल विषयमा सजक भै प्रशासनलाई सही सुचनाको प्रभाह गरि मद्दत गर्न खोज्दा पनि प्रशासनले गम्भिरता पुर्वक नलिदा आम नागरिको मनोबल कमजोर हुनेमा कुनै संदेह छैन।
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








