- अमर काफ्ले

पछिल्लो अवस्था सम्ममा सुनसरीमा कोरोनाको आशंका गरिएका ३९ जनाको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुासर चेकजाँच गरिएका मध्ये नेगेटिभ रिजल्ट आएका २४ जना घर फर्किएका छन् । १२ जनाको स्वाब परीक्षणको क्रममा रहेको छ भने ३ जनाको परीक्षण हुन बाँकी छ । आइसोलेसनमा राखिएका एक जना समेत घर फर्कि सकेका छन् ।

सुनसरी प्रशासनको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार जिल्लामा १ सय ६७ जना होम क्वारेन्टाइनमा बसेका छन् । जसमा २६ जना महिला र १ सय ४१ जना पुरुष रहेका छन् । भारतमा सम्पन्न मुस्लिम धार्मिक सभामा सहभागि भएर फर्किएको भनिएका १४ जनालाई समेत क्वारेन्टाइनमा राखिएको सुनसरी प्रशासनले जनाएको छ । भारतबाट आएका अन्य दुई व्यक्ति समेत क्वारेन्टाइनमा बसेका छन् । अर्का एक व्यक्ति समेत सुरक्षाकर्मीको सम्पर्कमा आईसकेको सुनसरी प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार पछिल्लो एक महिनाको अवधिमा सुनसरीमा भारत बाहेकका अन्य तेस्रो मुलुकबाट ६२ जना फर्किएका छन् ।

धेरैजसो घर फर्किएको १५ दिन बितिसकेको र स्वास्थ्यकर्मीको सल्लाहमा होम क्वारेन्टाइनमा रहेको पौडेलले बताए । उनीहरु सबैको अवस्था सामान्य रहेको समेत पौडेलले बताए ।प्रशासनले गरेको निर्णय र अनुगमन गरी संचालनमा ल्याइएका सुनसरीको धरान स्थित शैनिक महाविद्यालय सहित इटहरी, इनरुवा, रामधुनी र हरिनगर सहितका क्वारेन्टाइन स्थलमा २ सय ८८ वेड रहेको जनाएको छ । २४ वटा आईसोलेसन वेड तयारी अवस्थामा रहेको समेत सुनसरी प्रशासनले जनाएको छ ।

स्थानीय पालिकाहरु सबैजसोले आफु पायकको स्थानमा क्वारेन्टाइन स्थल तयार पारेकाले ३ सय ५० बेडको हाराहारीमा वेडहरु तयार रहेपनि मापदण्ड लगायतका विषय पुरा भैनसकेकाले तिनिहरुको सवालमा संचालन अनुमति भने दिई नसकिएको प्रशासनको भनाई छ । भारतसँग सीमा जोडिएको ६२ किलोमिटर खुल्ला नाका रहेकाले समेत सुनसरीलाई संवेदनशील जिल्लाका रुपमा लिई सोही बमोजिमको सावधानी र तयारी थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । लक डाउन जारी रहेको अवस्थामा समेत घर फर्किनेको संख्या जारी रहेकाले स्थानीय प्रशासनले आवश्यक चेकजाँच सहित त्यस्ता व्यक्तिहरुका लागि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यकारी निर्णयलाई कडाई साथ लागु गरिरहेको उसले जनाएको छ ।

सुनसरी प्रशासनका अनुसार स्थानीय पालिकासँगको समन्वयमा भारतबाट आएकाहरुको लगत तयार पारी उनीहरुलाई क्वारेन्टाइनमा राख्दै आइएको छ । प्रशासनले अफवाह नफैलाउन समेत सर्वसाधारणमा आग्रह गरेको छ । उसले वास्तविक सुचना मात्र आदान प्रदान गर्न भनेको छ । सुनसरी प्रशासनले लक डाउनको उल्लंघन नगरी घरमै बस्न जिल्लावासीमा अनुरोध समेत गरेको छ । सुनसरीको सदरमुकाम रहेका इनरुवा अस्पताल सहितका स्वास्थ्य संस्थामा पुगेका शंकास्पद बिरामीहरुलाई उनीहरुको यात्रा र स्वास्थ्य अवस्थाका आधारमा लक्षण हेरी कोरोना भाइरस सम्वन्धि थप चेकजाँचका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएको छ । स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाको अवस्था सामान्य रहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । उसले सावधानी र सर्तक रहन सबैमा आग्रह गरेको छ ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया

trusted online casino malaysia