- अमर काफ्ले

सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको घटना सार्वजनिक भएको छ । ।  इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो ।

इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको अवस्थामा श्रीमती सहित दुई छोरीको आगो लगाई हत्या प्रयास गरेका हुन् । घाइते कमलाकुमारीलाई उद्धृत गर्दै उनको माइती पक्षको जानकारी अनुसार सियारामले सुतेको अवस्थामा श्रीमती र छोरीहरुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले जलेर कमलाकुमारी सहित ७ वर्षकी प्रतिक्षा र ४ वर्षिया प्रतिज्ञा घाइते भएका छन् ।आमा कमलाकुमारीले हारगुहार गरेपछि गाउँलेहरुले घाइतेहरुको उद्दार गरी इनरुवा अस्पताल पु¥याएका थिए । प्रहरीका अनुसार थप उपचारकालागि उनीहरुलाई कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको छ ।

आगोका कारण आमाछोरीको शरीरका विभिन्न भाग जलेको सुनसरी प्रहरीले जनाएको छ । आगो लगाई फरार रहेका सियारामको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ । गाउँलेका अनुसार अघिल्लो दिन सो परिवारमा घरायसी झैझगडा भएको थियो । घटना बिहीबार रातीको भएको बताइएपनि लक डाउनका कारण खबर ढिलागरी बाहिरिएको हो । माइती पक्षको उजुरी पश्चात मात्रै हत्या प्रयासको घटना सार्वजनिक भएको हो ।

इनरुवा ८ का वडाध्यक्ष रविन्द्र मण्डलका अनुसार छोरीहरुको अवस्था सामान्य रहेपनि आमाको अवस्था भने गम्भिर रहेको छ । वडा र वडावासीले रकम संकलन गरी उपचार खर्चमा सहयोग गर्दै आएको मण्डलले बताए । मण्डलका अनुसार घटनाको दिन सियाराम सँगै रहेका अर्का व्यक्तिलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिई छाडेको छ । सुनसरी प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले घरमा आगो लागेको भनि खबर प्राप्त भएको र पछि तीनजना सो घटनामा जलेको अवस्थामा पाइएको जनाएको छ । उसले घटनाको विस्तृत अनुसन्धान भैरहेको जनाएको छ । जाहेरी पश्चात सियारामको खोजी तिव्र पारिएको प्रहरीको भनाई छ ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia