- अमर काफ्ले

इनरुवाका एकै व्यक्तिले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ टन अर्थात ५ हजार किलो चामल सहयोग उपलब्ध गराएका छन् । इनरुवा १ का स्थानीय कविन श्रेष्ठले लक डाउनको मारमा परेका परिवारलाई वितरणको व्यवस्था मिलाउने गरी नगरपालिकाको कार्यालयलाई उक्त परिमाणको चामल उपलब्ध गराएका हुन् ।
नगरपालिकाले स्थापना गरेको फुड बैंकमा श्रेष्ठले सो खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् । श्रेष्ठले आवश्यक परे थप सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।कविन इन्टरनेशनल प्रालि. सोनालिका ट्याक्टरको तर्फबाट उपलब्ध गराइएको सहयोग इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई हस्तान्तरण गरिएको थियो । श्रेष्ठले उपलब्ध गराएको खाद्यान्न इनरुवा नगरपालिकामा स्थापना भएको फ्ुड बैंककालागि पहिलो र ठुलो परिमाणको सहयोग हो ।

इनरुवा नगरपालिकाले लक डाउनका कारण मर्कामा परेका परिवारलाई सरकारी प्याकेज अनुसारको राहत उपलब्ध गराउने जनाएको छ । सबै वडाबाट प्राप्त विवरणका अनुसार नगर भित्र रहेका ५ हजार परिवारलाई राहत सामग्री उपलब्ध गराइने छ । नगरपालिकाको कार्यालयले सहयोग जुट्ने क्रम जारी रहेकाले क्रमश राहत वितरण गर्दै जाने जनाएको छ । नगरपालिकाले लक डाउनको उल्लंघन भने नगर्न नगरवासीमा सुझाएको छ ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia