- बिरेन्द्र शाह

मितीः चैत्र २३ २०७६ आईतबार
समयः रातीको ११ बजे
स्थानः इनरुवा, सुनसरी
अवस्थाः कोरोना भाईरस विरुद्दको लकडाउन गरिएको बेला
वरिपरिको वातावरणः छरछिमेकमा कोरोना भाईरस विरुद्द गरिएको दिप प्रज्वलन

हुनत म यस विषयको विज्ञ होईन तर पनि दुई शब्द कोर्न बाध्य भए। सायद यस पछि मलाई छेमेकी राष्ट्रियको भक्तको पनि संज्ञा दिइएला तर पनि दुई शब्द लेख्छु। आज साँझ म बसेको ठाउ लगायत नगरै भरि दिपावली मनाएको अनुभुति भयो सायद यो अवस्था अरु ठाउ र नगरमा नि तेस्तै भयो होला। धर्ममा आस्था राख्नु आफ्नो ठाउमा जायज होला म पनि राख्छु तेसमा संका छैन तर दिपप्रज्वलन गरेर वा शंख नाद गरेर कोरोना भाईरसबाट हामी पक्कै पनि मुक्त हुदैनौ। यसले मात्र हामीलाई सकारात्मक सोच, आत्मविशवास तथा एकताको अनुभुति गराउछ। आज छिमेकि राष्ट्रियको अभिभावकले आफ्ना देशमा रहेका आमनागरिकलाई कोरोना संग लड्नलाई एकताको अनुभुति गराउनलाई होस वा अरु कुनै राजनितिक स्वार्थ होस दिपावली गराएर नै छाड्यो। यसले प्रस्ट बुझ्न सकिन्छ की देशमा आम जनता र सरकारमा राष्ट्रिय भावना र राष्ट्रिय एकता हुनु आफैमा अलौकिक शक्ति हो।

मोदी सरकारले दीपप्रजवलनको आवहान भारत देशका जनताकालागि गरेका थिए नाकी हाम्रालागि पनि, ठिक छ हामीले पनि दिपावली मनायौ तर यस दिपावलीले कोरोना पक्कै पनि भागदैन मात्र यसले हामीलाई एकताको अनुभुति गराउला तर यो एकताको अनुभुति अरु देशको सरकारले हामीलाई गराएर हुदैन हामीलाई हाम्रै देशको सरकारको अनुभुति चाहिन्छ। मलाई लाग्छ यस विषयमा हाम्रो सरकार धेरै ठाउमा चुकेको छ कुनै पनि आमनागरिकलाई यसको भान भएको लाग्दैन मलाई । सरकारले अभिभावकत्व ग्रहण गर्नलाई आमनागरिकमा अपनवत्वको वातारण सिर्जना गर्ने पहल गर्न आवश्यक देखिन्छ। आज विश्व यस कोरोना भाईरस संग लडिराखेको छ। हमीपनि यस भाईरसको चपेटामा आइसकेका छौ, आजको यो विस्म परिस्थितिमा हामी देशबासीलाई पक्कै पनि विशाल छाति भएको अभिभावकको खाचो छ । यस्तो जटिल अवस्थामा नत सरकारले जनतालाई अभिभावकत्व देखाउन सकेको छ नत जनताले सरकारको आग्रहलाई स्विकार्न सकेको छ। हामी हाम्रो देशका अभिभावकले कोरोना संग लडनलाई सुझाएको कुरोलाई मान्न तयार छैनौ तर अर्का राष्ट्रायका अभिभावकले सुझाएको त्यो पनि हाम्रा लागि होईन तिनकै राष्ट्रका जनतालाई सुझाएका कुरो यहा भौगोलिक सिमापारीका घरघरमा दियो, मैनबत्ति, टर्च, पटका आदीले पालना गर्यौ। आजको यो नाजुक अवस्थामा सरकारले पटक पटक ‘लकडाउन’ को पालना गरौ घर भित्र नै बसौ कोरोना भाईरसलाई पराजित गर्ने यस भन्दा अर्को विकल्प छैन भन्दा पनि हामी मुस्किलले केही घण्टा मात्र घरमा टिक्छौ होइन भने बाटो बाटो चाहारी ‘लकडाउन’ को दृश्य हेर्न कुद्छौ। अरु भन्दा नि हामीलाई बिहानको बेला अनि खास गरि बेलुकाको बेला हावा खान बजार र चौक पुग्नै पर्छ। होईन बेलुकाको समयमा कोरोनाभाईरस सुतेको हुन्छ कि? खास गरि हाम्रा महिला दिदिबैनिहरु केहि दिनकालागि भए पनि सामाजिक दुरि बढाउनुहोस टोल छरछिमेकमा अनौपचारिक बैठक नबस्नुहोस, यसले तपाई कै घरपरिवारलाई असर पार्नसक्छ।

वर्तमानमा हामी संग स्थानिय, प्रदेश तथा केन्द्रिय गरि तिन थरिका अभिभावक छन तैपनि आमनागरिक सुरक्षाको अनुभुति गरको पाईन्न अहिलेको अवस्थामा हामी दैशवासीको जीवन रक्षाकालागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु नै हुन ति अग्रपंक्तिमा उभिएका निहत्ता योद्दालाई अभिभावकत्वको खाचो छ सरकार। ति योद्दालाई कोरोना संग लड्ने हतियार देउ सरकार ति योद्दालाई हौसला देउ सरकार। संक्रमणको दोस्रो स्टेज सम्म आईपुग्दा पनि प्राय दिनहु सुनिनन्छ “डाक्टरले सामान्य ज्वरो आउदा सम्मको बिरामीलाई उपचार गरेन्न” आखिर किन् यस्तो भएको हो? हाम्रा अभिवावकले यस विषयमा गम्भिरता पुर्वक सोच्ने बेला भैसकेको हो जस्तो लाग्छ मालाई। ति सिमानाकामा खुला आकाश मुनि यस देशका हजारौ आमनागरिकका तडपिराखेका छन के ति यस देशका नागरिक होईन्न र तिनिहरुलाई आफ्नै घरमा प्रवेशमा रोक लागाउने? ठिक छ ति आमनागरिक संक्रमित होलान तर तिनिहरुको उचित व्यवस्थापन गर्ने अभिभावकको जिम्मेवारी होईन र? लकडाउनले गर्दा धेरै आमनागरिकको अहिले चुलो पनि बल्दैन होला सायद ति आमनागरिकको दिनमा दूइ पटक नभएपनि कमसेकम दिनको एक पटक भएपनि चुलो बाल्दिने प्रयत्न गरिदेउ यस देशका अभिभावक। कता कता अब त सुन्दै छु ति चुलोमा पनि राजनिति भै राखेको छ। ति चुलोमा राजनित गर्नेको दमन गर अभिभावक। ति ज्यालादारी, मजदुरी गर्ने गरिब जनतामाथि राजनिति हुन रोक्नु पर्ने दायित्व अभिभावकको हो जस्तो लाग्छ मलाई। यस्ता धेरै दायित्वहरु छन् जस्तो लाग्छ मलाई जुन चाही हाम्रो अभिभावकले पुरा गर्नुपर्ने हुन्छ। हुनत् यि सब कुरो अभिभावकले पनि नबुझेका होईन्न। सरकारले स्वछ हृदयले यदि अभिभाकत्व ग्रहण गर्न जान्यो भने यस देशको कुनै पनि नागरिकले छिमेकि देशको अभिभावकले आवहान गरेको पथमा हिड्दैन्न। कसैको अन्धभक्त हुदैन्न तेसैले जरुरी छ स्वछ हृदय र विशाल छातिको। यहि मौकाहो हाम्रो देशका अभिभावकको वर्तमानमा अपन्वत्व देखाउने ताकि समग्र नेपाली जनताको भविष्य भय र रोग मुक्त बनाउने। तेसपछि हामीपनि हाम्रा अभिभावकको आवहानमा दिपप्रज्वलन गरमला। अभिभावक हामी आम देशवासी पनि त्रसित भै सकेका छौ तर आत्मबल अहिले पनि उच्च नै छ समय हो सामुहिक एकता र मनोबललाई अझ मजबुत बनाउने। मलाई पुर्ण विश्वास छ मेरो अभिभावकले हाम्रो सामुहिक एकता र मनोबललाई अझ मजबुत बनाउने छ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया

trusted online casino malaysia