सुनसरीको गढी गाउँपालिकामा रहेको सिद्धार्थ बैंकले स्थानीय तहमा संचालनमा ल्याइएको राहत कोषमा ३० हजार नगद सहयोग उपलब्ध गराएको छ ।

बैंकका शाखा प्रबन्धक केशव श्रेष्ठले गढी गाउँपालिकाको कार्यालयलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीलाई उक्त चेक संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।प्रबन्धक श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन सहयोगकालागि राहत कोषमा उक्त रकम जम्मा गराइएको हो । प्रबन्धक श्रेष्ठले दिएको जानकारी अनुसार मुलुक भर रहेका शाखा मध्ये स्थानीय तहमा कोरोना राहत कोषमा रकम जम्मा गर्ने गढी पहिलो शाखा हो ।
https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








