इनरुवा। सरकार द्वरा कोभिड-१९ को जोखिमबाट बच्न दैनिक रुपमा सार्वजनिक आह्वान गर्दै घरभित्रै बस्न जनतालाई बारम्बार आग्रह गरे पनि विभिन्न ठाउँमा खेलाँची गरेका प्रशस्तै उदाहरणहरु पाइन्छ । यही खेलाँचीबाट मुक्त छैन इनरुवा पनि, सरकारले पटक पटक कोरोना भाइरसबाट बच्ने एउटै उपाय सामाजिक दुरी कायम गर्नु हो भन्ने सन्देश पनि दिँदै आएको छ । तर स्थानीयहरु भने सुरक्षाकर्मीको निर्देशनलाई समेत अटेरी गर्दै सडकमा भिड गर्न निस्कने गरेका छन् । सरकारले लकडाउनमा अत्यावश्यक औषधि, तरकारी, खाद्यान्नका पसल मात्रै खोल्न आग्रह गरेको छ । मानिसहरु भने मोटरसाइकल, साइकल र पैदल मार्फत् सडकमा निस्किने गरेका छन त्यसर्थ इनरुवाको भित्री भागमा पुग्दा लकडाउन भएको जस्तो अनुभूति नहुनु स्वभाविक हो ।

अस्पताल र मेडिकल रहेको क्षेत्रमा मानिसको चहलपहललाई स्वभाविक मान्न सकिएपनि अन्यत्र पनि मानिसहरु ओहोर दोहोर गरिरहेका देख्न सकिन्छ । सुरक्षाकर्मीले केहीलाई रोकेर फिर्ता पठाएको भएपनि अधिकांशले अटेर गरेर र सुरक्षाकर्मीको आँखा छलेर ओहोर दोहोर गरिरहेको पाइयो । दिनभर सुनसान रहने इनरुवा बजारमा सांँझपख भने मान्छेहरुको हुल देख्न सकिन्छ । तरकारी बजार र किराना पसलमा सर्वसाधआरणको भीड लागेको, कयौँ स्थानियहरू सांँझपख बजारमा रमाइलो मान्दै टहलिरहेका हुन्छन भने विगतका बन्दहड्तालको बेला साइकल, मोटरसाइकल, कार चलाउँदा बन्दको उल्लघङ्न गरेको भन्दै ‘हिम्मतवाला’, ‘ठूलो मान्छे’, ‘साहसी मान्छे’, भन्ने उपमा पाएकाहरु पनि यतिबेला सोही शैलीमा आफ्नो रवाफ देखाउँदा प्रहरीलाई लकडाउनलाई व्यचस्थित गर्न धौधौ परेको छ । इनरुवाको भित्री भागमा एकाबिहानै र साझको समयमा लकडाउन उल्लङ्घन बढी हुने गरेको तथा अत्यावश्यक कारण भन्दापनि आत्मानुशासन नभएको वा हेलचक्र्याइँ गरेर बन्दाबन्दी उल्लङ्घन गर्नेहरूको सङ्ख्या धेरै रहेको छ ।

भिडियोको लागि तल क्लिक गर्नुहोसः
https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2


https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia