सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा वडास्तरबाट गरिएको लगत संकलनलाई लिएर असमञ्जस्यताको अवस्था सिर्जना हुन पुगेको छ ।  गाउँपालिकाले यतिका दिन सम्म राहत वितरण नगरेको भनी सर्वसाधारणले आलोचना गरिरहँदा वडाले तयार पारेको विवरणले राहत वितरणमा थप अन्यौलता बढाएको छ ।

वडागत रुपमा तयार पारिएको विवरणका आधारमा ८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकामा झण्डै आठ हजार घरधुरीलाई आधार मानिएको छ । सोही अनुपातमा राहत पाउनु पर्ने परिवारको लगत संकलन गरी वडाले सिफारिस गरेकोमा गाउँपालिकाले भने उक्त संख्या अत्याधिक र आधिकारिक नभई झुटो भएको भन्दै तत्काल राहत वितरण नगर्ने जनाएको छ ।कुल घरधुरी भन्दा बढी संख्यामा वडागत रुपमा राहतकालागि सिफारिस भएको पाइएपछि तत्कालकालागि राहत वितरणको प्रकृया अघि नबढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए ।घिमिरेका अनुसार सुनसरीको भोक्राहाको कुल जनसंख्या ४१ हजार ९ सय ५० रहेको छ । । गाउँपालिकामा ७ हजार १ सय १९ घरधुरी रहेको छ । जसमध्ये विपन्न र गरिव तथा ज्याला मजदुरी गर्ने परिवारलाई वितरण गरिनुपर्नेमा सबैजसोको नाम समावेश भएको पाइएकाले राहत राहत वितरणको कार्य आफुले अघि बढाउन सक्ने अवस्था नरहेको उनले बताए पारे ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार वडागत रुपमा आएको विपन्न र गरिव परिवारको सूची पत्याउनै नसकिने र आश्चर्यजनक छ । गाउँपालिकामा भएको कुल परिवार सँख्या भन्दा बढीको नाम समावेश भएर राहतको दावी गरिएकाले समेत विवरण झुटो रहेको घिमिरेको भनाई छ । उलने भने, “वडाबाट प्राप्त विवरणलाई हेर्ने हो भने गाउँपालिकामा रहेका सबै परिवारनै विपन्न र गरिब छन भन्ने देखाउँछ । जुन कुरा जोकोहीले पत्याउनै नसकिने र नितान्त झुटोे छ । ”उनले राहत वितरणको कार्य अघि बढाउन नसकेको विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको बताए ।८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकामा अन्य पालिका सरह स्थानीय वडाले विपन्न र गरिव परिवारको लगत संकलन गरेको थियो । सबै वडाबाट प्राप्त संख्याका आधारमा सरकारी घोषणा अनुरुप खाद्यान्न सामाग्री वितरणको तयारी गरेको गाउँपालिकाले सोचेभन्दा बढीको सूची प्राप्त भएपछि तत्कालकालागि राहत वितरणको कार्यनै रोक्नु परेको जनाएको छ । लगत संकलनमा खटिएका व्यक्तिले दिएको सूचना अनुसार एकै परिवारमा रहेका व्यक्तिलाई समेत फरक फरक परिवार देखाई राहत सूचीमा समावेश गराइएको छ ।

नाम नबताउने सर्तमा उनीहरुले दिएको जानकारी अनुसार सबैजसोको नाम समेटेर राहतकालागि सिफारिस गरिएको छ । वडागत संकलन हुने विवरण सम्वन्धित वडाध्यक्ष सहितको जनप्रतिनिधिको रोहवरमा हुने भएपनि उनीहरुले यस विषयमा चासो नदिने गरेको उनीहरुको भनाई छ । केहिले भने गाउँका सबैजसोले राहत माग गरेपछि जनप्रतिनिधिले टार्न नसकेको समेत बताएका छन् ।  उता गाउँपालिका प्रमुख महेन्द्र यादवले विपन्न परिवकारको नामावली संकलनको क्रममै रहेको बताएका छन् । उनले राहत विपन्न र गरिव परिवारको पहिचान गरी वितरण गरिने बताए । गाउँपालिकाका अनुसार राहत कोषमा ५० लाख छुट्याईएको छ । आवश्यक पर्दा अन्य रकम समेत जुटाउने सकिने बताएपनि वडास्तरबाट प्राप्त सूचीका आधारमा भने राहत वितरण गर्न नसकिने उसले स्पष्ट पारेको छ ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia