सुनसरीको इनरुवामा रहेको कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख रुपैंया सहयोग उपलब्ध गराएको छ । इनरुवामा रहेको कोशी बचतले सो रकम सिंहदरबार काठमाण्डौंमा रहेको कोषमा पठाएको हो ।


संस्थाका अध्यक्ष रमेश तिम्सिनाका अनुसार कोराना भाइरसले निमत्याएको विषम परिस्थितिमा सरकारी कोषमा सहयोग रकम पठाइएको हो ।कोशी बचत तथा ऋण सहकारी संस्था इनरुवाले बाणिज्य बैंक इनरुवा मार्फत कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गराएको हो ।इच्छाएको व्यक्ति तथा संघ संस्थाहरुले स्थानीय स्तरमा रहेका पालिकाहरुमा आवश्यक सहयोग उपलब्ध गराउदै आएको भएपनि इनरुवाबाट केन्द्रीय कोषमा रकम जम्मा गर्नेमा कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पहिलो बनेको छ । कोशी बचतले इनरुवा नगरपालिकाको कार्यालयलाई समेत ५० हजार बराबरको खाद्यान्न लगायतको सहयोग उपलब्ध गराउने सचिव कृष्ण दाहालले बताए ।

https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0









