- अमर काफ्ले

कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवाले फुड बैंकमा ५० हजार मूल्य बराबरको चामल उपलब्ध गराएको छ । अघिल्लो दिन केन्द्रीय उपचार कोषमा १ लाख सहयोग रकम जम्मा गराएको कोशी बचतले इनरुवा नगरपालिकाको कार्यालयले संचालनमा ल्याएको फुड बैंकमा आज ५० हजार मूल्य बराबरको चामल उपलब्ध गराएको हो ।

सामाजिक उत्तरदायित्व वहनसँगै विषम परिस्थितिका बिच सिर्जित जटिलतालाई आत्मसाथ गर्दै फुड बैंकमा खाद्यान्न सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष रमेश तिम्सिनाले बताए । संस्थाका पदाधिकारीहरुको उपस्थितिमा चामल नगर प्रमुख राजन मेहतालाई हस्तान्तरण गरिएको थियो । संस्थाले नगर भित्र रहेका विपन्न र गरिव परिवारसँगै मर्कामा परेका परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराइएको जनाएको छ ।

कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लक डाउनका कारण ज्यालादारी मजदुर सहित गरिव तथा विपन्न परिवार बढी मारमा परेकाले उनीहरुको छाक टार्न सहजता दिलाउने उद्येश्यसाथ नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री सहयोग स्वरुप प्रदान गरिएको संस्थाका सचिव कृष्ण दाहालले बताए ।समस्यामा परेका बखत सहयोग गर्नु मानवीय धर्म भएकाले समेत विपत्तिको घडीमा निःस्वार्थ भावले सहयोग उपलब्ध गराइएको कोशी बचत तथा ऋण सहकारी संस्था इनरुवाले जनाएको छ ।यसैबिच कोशी बचतले संस्थासँग जोडिएका सर्वसाधारणलाई लक्षित गरी कार्यालयको सेवा समेत निश्चित समय र परिधि तोकी संचालनमा ल्याएको छ । सहकारीले विहान १०ः३० देखि १२ः३० बजेसम्म बचत रकम निकाल्न पाउने व्यवस्था मिलाएको छ । सो समयमा सहकारीमा रकम जम्मा गरेकाहरुले आफुले चाहेको नगद भुक्तानी लिन पाउने छन् ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia