- अमर काफ्ले

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इनरुवा नगरपालिकाको कार्यालयलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।सहाराको इनरुवा सेवा केन्द्रले नगरपालिकाको कार्यालयमा स्थापना गरिएको फुड बैंकमा ५० हजार बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत नगरपालिकाको कार्यालयलाई ५ सय किलो चामल, १ सय २५ किलो दाल, २० लिटर तेल र १ सय किलो नुन सहयोग स्वरुप उपलब्ध गराएको हो ।सेवा केन्द्र इनरुवाका प्रमुख तोयानाथ सुवेदी र अनुगमन अधिकृत रतन तिम्सिनाले उक्त सहयोग सामाग्री नगर प्रमुख राजन मेहतालाई हस्तान्तरण गरेका छन् । सो सहकारी संस्थाले आफ्ना शाखा रहेका स्थानीय तहहरुमा सहयोग उपलब्ध गराइएको जनाएको छ ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia