सुनसरीको इनरुवामा रहेको कामना सेवा बिकास बैंकका कर्मचारीले आफुहरुको तलब कट्टा गरी विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।लक डाउनका कारण खान नपाएर छटपटिएको समुदायलाई लक्षित गरी राहत वापत खाद्यान्न सामाग्री वितरण गरिएको कामना सेवा बिकास बैंक इनरुवाले जनाएको छ ।बैंकले सबैको साथ र सहयोगको अपरिहार्यतालाई आत्मसाथ गर्दै छाक टार्नकालागि संघर्ष गरिरहेको परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ ।


स्थानीय तह तथ्याङक संकलनकै क्रममा रहेको हुँदा विपन्न र गरिव परिवार भोकभोकै भेटिएकाले गरिव र विपन्न समूदायको बसोबास रहेको मुसहर वस्तीमा राहत वितरण गरिएको शाखा प्रमुख युबराज भट्टराईले बताए । भट्टराईका अनुसार बैंकले कर्मचारीहरुको एक दिन बराबरको तलब कट्टा गरी जम्मा हुन आएको रकमबाट विपन्न परिवारकालागि सहयोग जुटाएर वितरण गरिएको जानकारी दिए । उनले इनरुवा नगरपालिकाको वडा नम्वर ३ मा रहेको मुसहर वस्तीका ९६ परिवारलाई सहयोग वापत खाद्यान्न सामग्री वितरण गरिएको बताए । बैंकले स्थानीय युवाहरुको सहयोगमा सम्वन्धित परिवारलाई भेटी राहत वितरण गरेको थियो । स्थानीय तहले आफु पायकको राहत वितरण गर्ने भएपनि तत्काल खानबाट बञ्चित रहेको परिवार र समुदायलाई लक्षित गरी राहत वितरण गरिएको बैकले जनाएको छ ।




https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








