- अमर काफ्ले

सुनसरीको गढी गाउँपालिकामा चार हजार बढी परिवारलाई राहत वितरण गरिदै छ । गाउँपालिकाको कार्यालयले वडागत रुपमा राहत वितरणको काम अघि बढाई सकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीका अनुसार विपन्न, गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको पहिचान गरी खाद्यान्न सामाग्री वितरण थालिएको हो । भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी राहत वितरणको क्रम थालिएको चौधरीले बताए ।

गाउँपालिकाले स्थापना गरेको राहत कोषमा समेत रकम जम्मा हुने क्रम बढेको गाउँपालिकाको कार्यालयले जनाएको छ । लेखा अधिकृत दिलबहादुर खड्काका अनुसार कोरोना भाइरस रोकथाम संक्रमण रोकथाम तथा व्यवस्थापन कोषमा स्थानीय तवरमा सहयोग जम्मा हुने क्रम जारी रहेको बताए ।गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार वडास्तरबाट संकलन गरिएको विवरणको आधारमा आपतकालिन राहत वितरण गरिएको छ । यादवले राहत वितरणलाई प्रभावकारी र पार्दशी बनाइएको बताए ।

६ वटा वडा रहेको गढी गाउँपालिकाको कार्यालले कोरोना भाइरस विरुद्धको सचेतना सँगै पूर्व सावधानी अपनाइएको जनाएको छ । उसले गाउँबासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।गाउँपालिकाले राहत कोषमा सहयोग गर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।

विश्व समुदाय कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल समेत प्रभावित बनेकाले बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गर्दै गाउँबासी लगायत इच्छुक दाताहरुलाई राहत कोषमा सहयोगकालागि उसले अपिल गरेको छ ।गाउँपालिकाको कार्यालयका अनुसार राहत कोषमा रकम जम्मा गर्नकालागि सिद्धार्थ बैंक औराबनीमा खाता संचालनमा ल्याइएको छ । बैंकको खाता नम्बर ०३०१५२७१५१४ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia