- अमर काफ्ले

लक डाउनको समयमा अटेर गरी बजार निस्कनेलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । सुनसरी प्रहरीले सदरमुकाम इनरुवाबाट मात्रै आज विहान सम्ममा १८ जनालाई पक्राउ गरेको छ । मनिङ वाक निस्कने देखि बजार घुम्न हिंडेका र सागसब्जी तथा औषधी खरीद गर्न भन्दै बजार निस्केकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले ११ बजेसम्म जिल्लाभर ३ सय २७ जना नियन्त्रणमा रहेको जनाएको छ । लक डाउनको समयमा घर बाहिर निस्कनेहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।  पक्राउ गरिएकाहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई साँझ मात्र छाड्ने गरेको छ । पक्राउ गरिएकाहरुलाई कोरोना सचेतना कक्षा लिएर दिनभर राख्ने गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले ७१ वटा सवारीका साधन समेत सुनसरीबाट नियन्त्रणमा लिएको छ । सवारी साधन भने लक डाउन अवधिभर फिर्ता दिइने छैन् । प्रहरीको कडाईसँगै जिल्लामा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कनेको संख्यामा कर्मी आएको छ ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia