- अमर काफ्ले

इनरुवाका योगेन्द्रप्रसाद मेहताले वडा नम्बर २ को कार्यालयलाई ३ सय किलो चामल सहयोग गरेका छन् । नेपाली काग्रेस जिल्ला सदस्य रहेका मेहताले वडाअध्यक्ष श्रवण यादवलाई सहयोग वापतको चामल उपलब्ध गराएका हुन् ।

मेहता इनरुवामा रहेको नेशनल मेडिकल सेन्टरका प्रोपाइटर समेत हुन् । मेहताले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराएको बताएका छन् ।विपन्न र गरिब परिवारलाई वितरण गर्ने गरी चामल सहयोग उपलब्ध गराएको मेहताले बताए ।कोरोना भाइरसको बढ्दो महामारी सँगै लम्बिदै गएको लक डाउनका कारण पेट पाल्न समस्यामा परेका परिवारलाई लक्षित गरी राहत बापतको खाद्यान्न सहयोग गरेको मेहताले बताए ।वडाले विपन्न, गरिव र ज्यालादारी गर्नेहरुको विवरण तयार पारी पादर्शी तवरले राहत वितरण गर्नेमा विश्वस्त रहेको समेत मेहताले बताए ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia