सुनसरी प्रशासनले अब उपरान्त कोही विदेशी नागरिक मस्जिदमा भेटिए गैरकानुनी ठहरिने जनाएको छ । प्रशासनले आफुहरुको जानकारीमा रहेका ६२ जना विदेशी नागरिक सबैलाई क्वारेन्टाइनमा सारिएको जनाएको छ ।
सुनसरी प्रशासनले आफ्नो जानकारीमा रहेकाहरु सुरुवाती अवस्थामा स्थानीय स्तरमा रहेका मस्जिदमा सुरक्षात्मक उपाय अपनाउँदै बस्दै आएको भएपनि अब भने त्यसरी राख्न र बस्न नपाइने स्पष्ट पारेको छ ।
प्रशासनले आफ्नो निगरानी र जानकारीमा रहेका सबैलाई तोकिएका क्वारेन्टाइन स्थलमा सारि सकिएकाले अब उपरान्त भेटिने त्यस्ता जो कोही विदेशी नागरिकको आश्रयलाई गैरकानुनी ठानिने जनाएको छ ।
सुनसरी प्रशासनले हिजो मात्रै केन्द्रीय निर्णयलाई जिल्ला स्तरमा सर्कुलर गर्दै मस्जिदहरुमा आश्रय लिई कोही पनि बस्न नपाउने आशयको सूचना जारी गरेको थियो ।
प्रशासनले लुकिछिपी बसेको जानकारी भए सूचना दिन मुस्लिम अगुवा सहित आम सर्वसाधारणमा आग्रह समेत गरेको थियो । यसैबिच सुनसरीको सुनसरीको घुस्कीमा रहेको मस्जिदमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा पठाएको छ ।
भारतीय सिमावर्ती क्षेत्रमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सुनसरी प्रहरीको टोलीले क्वारेन्टाइनमा पठाएको हो । प्रहरीले हरिनगर गाउँपालिकाको घुस्कीमा रहेको मस्जिदमा बसेकाहरुलाई क्वारेन्टाइनमा पठाएको जनाएको छ ।
सुनसरी प्रशासनले जिल्लाका कुनै पनि मस्जिदमा कोही पनि आश्रय लिएर बस्न नपाउने भनि गरेको निर्णय बमोजिम घ्ुस्कीको मस्निदमा बस्दै आएकाहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । घुस्कीको मस्जिदमा भेटिएको भनिएकाहरुको सम्वन्धमा प्रशासनले यसअघिनै आफुहरुको जानकारीमा रहेको बताएको छ । प्रशासनले उनीहरु लक डाउन पहिलानै सुनसरी भित्रिएको जानकारी आफुकहाँ रहेको बताएको छ ।
सुरक्षात्मक उपाय अपनाउदै स्थानीय स्तरमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सरकारको पछिल्लो निर्णयका आधारमा क्वारेन्टाइन स्थलमा सारिएको प्रजिअ राजेश पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार उनीहरु सबैलाई भुटाहा संचालनमा रहेको क्वारेन्टाइन स्थलमा सारिएको छ । सुनसरी प्रशासनले दिएको जानकारी अनुसार प्राप्त पछिल्लो केन्द्रीय निर्णय अनुसार कोही पनि मस्जिदहरुमा आश्रय लिई बस्न पाउने छैनन् ।
जथाभावी बस्दा संक्रमणको जोखिम बढ्ने र अन्यत्रबाट आएर आश्रय लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुनसरीका मस्जिदहरुमा निगरानी बढाइएको प्रशासनले जनाएको छ । प्रशासनले मुस्लिम अगुवाका साथै आम सर्वसाधारणलाई विषय परिस्थितिमा साथ र सहयोग गर्न अपिल समेत गरेको छ । उसले लुकिछिपी बसेको जानकारीमा भए सूचना दिन समेत सर्वसाधारणमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिदमा बस्दै आएको ६२ जनालाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई पायक पर्ने क्षेत्रमा संचालनमा रहेका क्वारेन्टाइन स्थलमा राखिएको छ ।
सुनसरी प्रशासनले ६२ जना बाहेकको हकमा आफुहरुलाई जानकारी नभएकाले कहीकतै कुनै मस्जिदमा अब उपरान्त अन्य विदेशी नागरिक आश्रय लिई बसेको भेटिए त्यो गैरकानुनी ठहरिने बताएको छ । सुनसरी प्रशासनको तथ्याङकमा जिल्लामा ८१ वटा मस्जिद रहेको उल्लेख छ ।








