इनरुवा। लक डाउनमा कडाई गरिएसँगै इनरुवा लगायतका बजार सुनसान देखिएका छन् । प्रहरी प्रशासनले लक डाउनलाई कडाई गर्ने निर्णय गरेसँगै इनरुवा सहित जिल्लाका सबैजसो बजारमा चहलपहल घटेको छ । अत्यावश्यक बाहेक मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । घरबाहिर निस्कने उपर कडाई थालेसँगै हिंडडुल गर्नेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.1106173646447626/1106173686447622/?type=3&theater
प्रहरीले साँझ विहान लक डाउनलाई थप कडाई गर्ने गरेको छ । अत्यावश्यक बाहेकका सवारी साधन प्रहरीले सडकमा गुड्न दिएको छैन् । लक डाउनको उल्लंघन गर्नेहरुको सवालमा नियन्त्रणमा लिई कार्वाही गर्ने गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीको आँखा छली बजार निस्कनेहरु पछिल्लो केहिदिन यता स्वयं घर भित्रै बस्न थालेका छन् । कोरोनाको जोखिम बढ्ने क्रमसँगै धेरै हदसम्म मानिसहरु घरबाहिर निस्कन छाडेका समेत छन् । दुई दिनको अवधिमा सुनसरीमा १ सय ३५ जना नियन्त्रणमा लिई कार्वाही गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच सुनसरीमा समेत प्रहरीले सडकमा बिचल्लीमा परेकाहरुलाई गनतब्यमा पुर्याउन मद्यत गर्न थालेको छ । विभिन्न स्थानबाट सुनसरी आइपुगेका पैदल यात्रुहरुलाई गाडी चढाएर गनतब्य पुग्न सहयोग गर्न थालेको हो । सम्वन्धित क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा चेकजाँच गरी गनतब्य सम्म जाने प्रवन्ध मिलाउन थालिएको प्रहरीले जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.1106173646447626/1106173683114289/?type=3&theater



https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia