इनरुवा। काठमाण्डौं लगायतका स्थानबाट घर फर्किएका पैदल यात्रुलाई मध्यनजर गर्दै सुनसरीको कोशी ब्यारेज सहित इनरुवामा नास्ता र खानाको प्रवन्ध मिलाइएको छ । प्रदेश एकको मूख्य प्रवेश नाका रहेको कोशी ब्यारेजमा उद्योग वाणिज्य संघ इनरुवाले चाउचाउ, बिस्कुट र पानी पिउने प्रवन्ध मिलाएको छ । विभिन्न स्थानबाट आएकाहरुलाई ब्यारेजमा प्रहरीले भेला पारी इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरी गनतब्यमा फर्काउन थालेसँगै उद्योग वाणिञ्य संघ इनरुवाको टोलीले पैदल यात्रुलाई खानपिनको प्रवन्ध गर्न थालेको हो ।
https://www.facebook.com/inaruwaonline/photos/a.1107672099631114/1107672179631106/?type=3&theater
ब्यारेजमा जम्मा पारिएकाहरुलाई तत्कालिन अवस्थामा भोक प्यास मेटाउन उद्योग वाणिज्य संघले चाउचाउ, बिस्कुट र पानी वितरणको व्यवस्था मिलाएको छ ।पैदल यात्रुलाई वितरणका लागि उवासंघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह सहितका पदाधिकारीको टोलीले आवश्यक सामान ब्यारेज पुगेर प्रहरीलाई जिम्मा लगाएको छ । सुनसरी प्रहरीका अनुसार दैनिक २ सय बढीको संख्यामा पैदल यात्रुहरु ब्यारेज आइपुग्ने गरेका छन् । उनीहरुलाई भेला पारी गाडीमा राखेर प्रहरीले इनरुवा अस्पतालमा स्वास्थ्य जाँच गराई गनतब्य फर्किन समन्वय गर्ने गरेको छ ।इनरुवा अस्पतालमा स्वास्थ्य जाँच गराएपछि पूनः उद्योग वाणिज्य संघ इनरुवाको टोलीले स्थानीय व्यापारी र व्यवसायीको पहलमा भरपेट खाना तथा नास्ता खुवाउँदै आएको छ ।
https://www.facebook.com/inaruwaonline/videos/686392105456175/?t=1


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








