- अमर काफ्ले

उद्योग वाणिज्य संघ इनरुवाले दैनिक ३ सय बढी यात्रुलाई नास्ता खुवाउँदै आएको छ ।  काठमाडौं लगायतका स्थानबाट पूर्व आउने यात्रुहरुलाई उद्योग वाणिज्य संघ इनरुवाले नास्ता खुवाउने प्रवन्ध मिलाउँदै आएको छ ।स्थानीय व्यापारीहरुको साथ र सहयोगमा पैदल यात्रीहरुकालागि नास्ताको प्रवन्ध गर्दै आएको उद्योग वाणिज्य संघ इनरुवाले सो क्रमलाई निरन्तरता दिइरहेको छ । आजमात्रै ३ सय बढी यात्रुलाई नास्ता खुवाइएको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले बताए । कोशी ब्यारेजमा आइपुगेका यात्रुहरुलाई प्रहरीको टोलीले इनरुवा अस्पताल ल्याई स्वास्थ्य परिक्षण गराउने गरेको छ । त्यसपश्चात उवासंघको टोलीले नास्ता खुवाउने गरेको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.1109329359465388/1109329422798715/?type=3&theater
कोशी ब्यारेजमा बिस्कुट, पानी र चाउचाउ वितरणको व्यवस्था मिलाएको इनरुवा उद्योग वाणिज्य संघले इनरुवा अस्पताल परिषरमा नास्ता खुवाउँदै आएको छ । पैदय यात्रीलाई लक्षित गरी सुरु गरिएको अभियान काठमाण्डौं लगायतका स्थानबाट घर फर्किने क्रम जारी रहेसम्म संचालनमा रहने अध्यक्ष साहले बताए ।केहि दिनयता घर फर्किनेहरु भाडा तिरेर यात्रा गर्न थालेका छन् भने कतिपय स्थानीय तहले घर फर्किन चाहनेहरुकालागि गाडीको व्यवस्था समेत मिलाउदै आएका छन् । पैदल यात्री बढेसँगै धेरैजसो स्थानमा प्रहरीले समेत उनीहरुलाई गनतब्य पुग्न सहयोग गर्दै आएको छ ।




https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0



https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia