इनरुवा। सरकारले ल्याएको दुवै विधेयक स्वार्थपूर्ण र लोकतन्त्र विरोधी रहेको प्रदेश नं. १ का प्रमुख प्रतिपक्षीदलका नेता राजिव कोइरालले बताए । नेता कोइरालले सत्ताको उन्मातले लोकतन्त्रनै धरापमा पर्ने कदम सत्तापक्षले अगाडि बढाएको बताए । देश अहिले कोरोनाको महामारीसंग लडाइ लडिरहको बेला सत्ता कसरी लम्याउने भने सोचमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक कदम अगाडि बढाएको नेता कोइरालाको भनाई छ ।
सरकारले गत सोमबार राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुई विधेयक ल्याएको थियो । अहिलेको परिस्थतीमा जनता बचाउन सरकारले कदम अगाडि बढाउनुपर्नेमा सत्तास्वार्थमा लिप्त भएर सत्ताको आयु र पद टिकाउन लाग्नु निन्दनिय कार्य भएको उहाँले बताए । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई समेत नागरिकको जीवन रक्षाका लागि गम्भीर हुन नेता कोइरालले आग्रह गरे । नेपाली काङग्रेसका सुनसरी सभापति समेत रहनुभएका नेता कोइरालले लोकतान्त्रिक संसदीय व्यवस्थाको रक्षार्थ कांग्रेस जस्तोसुकै कदम उठाउन पछि नहटने समेत चेतावनी दिए ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0
https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








