- बिरेन्द्र शाह

कोरोना भाइरसको महामारीका कारण मुलुकले एक महिना लामो लक डाउनको समय अवधि पार गरि सकेको छ। यस विसम परिस्थितिमा दैनिक ज्यालादारी गर्ने विपन्न वर्गको दिनचर्या निकैनै कष्टकर बनेको छ। लक डाउनको पालना गर्दा ज्यालादारी गर्ने विपन्न परिवारलाई छाक टार्न मुस्किल परेको छ। यसै विसम परिस्थितिमा इनरुवाका युवाहरुले विपन्न परिवारहरुको पहिचान गरि राहत सामाग्री वितरण गरेको छ।

वडाले छुटाएको तथा वडा कार्यालयको राहत पाउने नामावलीको सुचिमा नपरेका १०० परिवारहरुलाई राहत सामाग्री बाडिएको छ। इनरुवा ३ अनुपमार्गमा रहेका १० परिवारलाई युवाहरुले राहत सामाग्री बाडेका छन। स्थानिय रामानाथ पाठकका अनुसार यस मार्गमा बस्दै आएका केही परिवारहरुले वडाबाट पाउने राहत पाएन्न। पटक पटक वडा कार्यालय धाउदा पनि कुनै सुनवाई भएन। कहिले नागरिकता मागे त कहिले भोटर आई.डी. मागे तर राहत दिने कुरामा कहिलै आस्वस्त गराएन्न। पहुचवालाको मात्र वडाले कुरा सुन्छ हाम्रो कुरो कस्ले सुन्ने ? राहत पाउने एक महिलाले गुनासो गरिन।

स्थानिय युवाहरु दिपेश ढकाल, करण शाह र विवस पन्डितको अगुवाईमा उक्त १०० परिवारलाई राहत सामाग्री वितरण गरिएको हो। इनरुवा ३ अनुपमार्गमा बस्दै आएका केही परिवारले वडाबाट राहत पाउन वञ्चित भएको र सो परिवारहरुलाई छाकटार्न मुस्किल भएको खबर इनरुवाअनलाईनको टिमले थाहा पाउनासाथ स्थानिय युवाहरु अगुवाईमा सहयोग गर्न आग्रह गरेको हो। युवाहरुले ति परिवारहरुलाई अहिले सम्ममा दुई पटक सहयोग गरिसकेको हो। सुरुमा थोरै मात्रामा राहात सामाग्री उपलब्ध गराउन सकेका थिए भने यस पटक प्रति परिवार चमाल १० केजी, दाल २ केजी, आलु २ केजी, तेल, सर्फ, साबुन, चाउचाउ उपलब्ध गराएका हुन। “मेरा छोराछोरीले २ दिन देखि केहि खाएका छैन्न आज छोराछोरीले भात खान पाउने भए” राहत पाउने इनरुवा ३ कै एक महिलाले खुशी व्यक्त गरिन।दिपेन्द्र रोय, सोनी विश्वास तथा तेजश्वी दत्तबाट प्राप्त आर्थीक सहयोगबाट स्थानिय युवाहरुले विपन्न परिवारकालागि राहत सामाग्री वितरण गरेका हुन। इनरुवा वडा नं. १,२,३,४,५ र ९ का १०० परिवारलाई राहत सामाग्री बाडिएको हो। वडाले छुटाएको तथा दैनिक जिवनयापनमा निकै नै कष्ट भोग्दै आएका परिवारहरुको पहिचान गरि राहत सामाग्री बाडिएको हो। जनप्रतिनिधिहरु समयमै आफ्नो दायित्व नबुझ्नु, पहुचवालाहरुलाई मात्र सरकारको अनुभुति हुनु, सर्वसाधारण सरकारको पहुच भन्दा जहिले टाढा हुनु जस्ता कुराहरुले जनता र सरकार बिचको दुरी बढाई रहेको सजिलै अनुभुति गर्न सकिन्छ।




https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0





https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia