इनरुवा। कोरोना भाईरसका कारण देश लक डाउन भएको आज महिना दिन पार गरि सक्यो । दिनदिनै संक्रमितको संख्या थपिदै गएको छ भने संक्रमित भएका पनि सफल उपचार पाएर घर फर्किएका उल्लेख्निय उदाहरण छन् । यस्तो अवस्थामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेहरुलाई दैनिक छाक टार्न हम्मे हम्मे परेको छ।सफारी चलाएर जिवन बिताउदै आएका सुनसरी इनरुवा ८ निवासि दुखिलाल पण्डित लाई अहिले दुखले सताउन थालेको छ । आर्थिक अवस्था कमजोर रहेकाले उनी अर्काको सफारी भाँडामा चलाएर परिवार पाल्दै आएका छन । सफारी चलाउदाँ दैनिक ५०० सफारी धनिलाई बझाउँदैं आएको र बाकिं रहेको रकमबाट घरपरिवार चलाउँदै आएको बताउँछन । दुखिलाल अहिले एक वर्षदेखि विरामी भएका छन । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बिराटनगरमा उपचार गराउँदा मुत्रनलिमा मासु पलाएको भनिएको छ । यसको सल्यक्रिया गर्नुपर्छ भने पछि दुखिलालको आय स्रोत कमजोर रहेका कारण साधारण उपचार गराएर घर पर्केका थिए । अहिले पुनः समस्या बढेपछि बैसाख ५ गते हस्पिटल पुगेका दुखिलाल लाई डाक्टरले अप्रेशन गर्न नेपाल सरकारको स्वास्थ्य बिमाबाट पाउनु पर्ने छुट बाहेक किरिब ९० हजार लाग्छ भनेपछि रकम जोडन घर आएको बताएका छन ।

एक छोरा र दुई छोरीका पिता रहेका दुखिलाल अहिले रकम अभावका कारण उपचार गराउँन सकेकाछैन्न । घरको मुल मान्छे नैं बिरामी भएपछि छोराछोरीलाई समेत समस्या भयो उहाँको श्रीमती रीतादेवी पण्डितले बताउँनु भएको छ । गरिबीको कारण श्रीमानको उपचारका लागि रकम जुटाउन नसकेपछि घरमा राख्नुपर्ने बाध्यता रहेको श्रीमतीले बताउनु भएको छ । अहिले बन्दले गर्दा घर खर्च चलाउन समेत कठिन भईरहेको छ भने विरामीको उपचार गराउँन नपाउँदा समस्या झन बढ्दैं गएको बताउँछन ।
अहिले कोरोना भाइरसको त्रासले पुरै विश्व नै कठिन परिस्थीतीको सामना गरिरहेको छ । इनरुवाका दुखिलाल पण्डित यस्को उदाहरणिय पात्र मात्र हुन। समाजमा यस्ता नाजुक अवस्था संगै लड्दै आएका दुखिलालहरु औलामा गनेर साध्य छैन। चाहे लकडाउन होस वा चाहे कोरोनाको माहामारी होस दुखिलालको दुख जहिले आलो नै रहन्छ। यस्तो कठिन परिस्थीतिमा झन गरिबीको भुमरीमा परेकोलाई बज्र परेको छ । त्यो अवस्थालाई चिर्न राज्यले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ भने मनकारी दाताको समेत साथ र सहयोगको आवश्यकता छ । दुखिलाल जस्ताहरु सहयोगि हातहरुको पर्खाईमा छन।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








