बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतीय दैनिक ट्रिव्युनको अनलाइन संस्करणका अनुसार खानको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई स्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनलाई नशासम्बन्धी क्यान्सरको समस्या भएपछि २०१८ मा उपचार गरिएको थियो । सोही रोगका कारण उनका विभिन्न अंगमा समस्या देखिएको बताइन्छ । बलिउड फिल्ममा खानको अभिनय अभूतपूर्व रहेको थियो । केही हलिउड फिल्ममा पनि उनको अभिनयको चर्चा भएको थियो । खान नेपालको प्राकृतिक सम्पदा र नेपाली कलालाई माया गर्ने बलिउडका कलाकार थिए ।







https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia