महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले विश्वनै त्रसित भएको छ । यसले न जात न धर्म, न गरिब न धनि, न ठुलो न सानो भन्छ । यसबाट सबै पिडित भईरहेको वर्तमान अवस्था हो । यस्तो कठिन परिस्थीतीमा अझ गरिबिको चपेटाभित्र रहेकालाई पिडा माथि पिडा थपिएको छ।गरिबीमा हुर्केको जिवन जसोतसो विताउँदै आईरहेकी सुनसरी इनरुवा ४ निवासी छेदनी महतोलाई अहिले देश लकडाउन भएको परिस्थीतिले झन चुनौति बढेको छ । विगतमा श्रीमानको मृत्यु पश्चात ४ जना छोरिहरुको पालन पोषणका लागि टाउकोमा तरकारी राखेर टाढाटाढा सम्मको हाटबजार गरि कमाएको आम्दानीबाट आफु पेटभरी खाना नखाएर घर खर्च र थोरै रकम जम्मा गरेर पालैपालो छोरीहरुको कन्यादान गरेको छेदनी महतोले हामी संग बताईन । कठिन मिहिनेत र परिश्रमका साथ छोरीहरुको जिम्मेवारी सफल्तापुर्वक निर्वाह गर्दै जादा अहिले छेदनी महतोलाई ढाँड दुख्ने र छातिमा समेत समस्या देखिएको छ ।

विधालयको जग्गामा टहरा बनाएर बसोबास गर्दै आएकी छेदनी महतो करिब १० धुर जग्गाको शुल्क वापत वर्षको एक हजार रुपैया विधालयलाई तिर्दै आएको बताइन । उक्त टहरा पनि जिर्ण अवस्थामा रहेको छ। निकै पहिले निर्माण गरेको टहरा अहिले हावाहुरीका कारण अथवा सामान्य पानी पर्दा समेत छिमेकीकोमा ओत लाग्नु पर्ने अवस्था रहेको छ । कहिलेकाही तँ भोको पेट भर्न छिमेकीहरु कै भर पर्नु पर्छ तँ कहिलेकाही भोको पेटमैँ रात कटाउन बानि परेको छ । अहिले देश लकडाउनमा रहेको बेला घरमा भएको अन्न सकिएको छ र राहत स्वरुप पाएको अन्न कतिदिन जाला भन्दै पिर बढेको छ । दैनिकी छाट टार्नका लागि जोहो गर्ने अवस्था समेत नरहेको बताउछिन । सहाराको रुपमा पछिल्लो समय एउटा नातिलाई सानैदेखी पालिरहेको बताउछिन । १२ वर्षको उमेर रहेको नतिको मानषिक सन्तुलन जन्मिदै कामजोर रहेको छ । उपचार गराउन खोजेपनि आर्थिक अवस्थाले गर्दा अस्पताल सम्म लैजान सकिरहेको छैन । उपचार पाएपछि नतिलाई राम्रो हुन्छ भन्ने आशा बोकेकी उनि बताउछिन । छेदनी महतो पहिलदेखी नैँ कठिन परिस्थीतीको सामना गर्दै आएको स्थानियहरुले समेत बताएका छन । पहिलेदेखी नैँ विपन्न जिवन विताउदैँ आएका छन छिमेकी सुकदेव साहले हामी संग बताए।
अहिले सबैजना कठिन परिस्थीतीको सामना गरिरहेको छ । यस्तो कठिन परिस्थीतिमा झन गरिबीको भुमरीमा परेकोलाई बज्र परेको छ । कुनै पनि वर्ग, धर्म, जातका मानिसको मुलभुत जिउने आधार नै गाँस, बाँस र कपाँस हो। सायद यी तिन मुलभुत तत्वले नै गर्दा मानव जिवन यस लोकमा आफ्नो अस्तित्व कायम राख्नसक्छ। आज छेदनी महतो जस्ता असंख्य साहाराविहिन मानव साहाराको पर्खाईमा छन्।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








