काठमाडौं । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देहीका २५ वर्षीय र नेपालगंज, बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुबैको अवस्था सामान्य छ । यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको छ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








