काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर जारी लकडाउन झन कडा गर्न निर्देशन दिएका छन् ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्लो समय लकडाउनको उल्लंघनको घटना बढेको जनाए ।

उनले लकडाउन रहेको कारणले नै कोरोनाले भयावह स्थिति हुन नपाएको बताउँदै गृहमन्त्रीलाई लकडाउन झन कडा बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न पनि निर्देशन दिएका छन्। भारतसँगको सीमा नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् तसर्थ दुबै देशका समकक्षी अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गर्ने बताइएको छ। चैत ११ गतेदेखि जारी लकडाउनको आज ४१ औँ दिन भइसकेको छ । पछिल्लो समय थप गरेको समयावधि वैशाख २५ गते सकिँदैछ । सरकारले अब लकडाउन बढाउला कि नबढाउला वा खुकुलो गर्ला आम जनचासोको विषय बनेको छ ।









https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia