आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेसँगै संक्रमितको संख्या ६० पुगेको हो ।

आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका थिए । हालसम्म नेपालमा १६ जना कोरोना सक्रमितहरु निको भइसकेको छन्, भने बाँकी उपचाररत छन् । निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








