नेपालगंजको प्रयोगशालामा आजा भएको परीक्षण अनुसार कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ। नेपालमा कोभिड-१९ को संक्रमण निको भएर डिस्चार्ज भइ १६ जना घर फर्की सकेका छन् ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








