कोशी अस्पताल विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज भएकामा २१ देखि ३४ वर्षका पुरुषहरु छन् ।

आयोजित पत्रकार सम्मेलनबाट प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा उनीहरुलाई विदाइ गरिएको हो । पत्रकारहरुसँगको अन्तरक्रियामा संक्रमण मुक्त भएकाहरुले डाक्टरहरुले आफुहरुसँग राम्रो व्यवहार र सेवा गरेको भन्दै खुसी व्यक्त गरे । लकडाउनको कारण आफ्नो भारत फर्कन नसक्ने हुँदा तत्काल विराटनगरको रानीमा अवस्थित मदरसासँगको समन्वयमा उनीहरुलाई तत्काल विराटनगरमै राख्ने गरी आवासगृहको व्यवस्था गरीएको मन्त्री घिमिरेले बताए । मदरसामा दश वटा कोठा रहेको र आइसोलेटेड वातावरणमा त्यही खाने बस्ने व्यवस्था गरीएको उनले जानकारी दिए ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








