काठमाण्डाै। कोरोना भाइरस संक्रमणका घटना बढ्दै गएपछि सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले पहिलोपटक चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेकाे हाे । यसअघि घोषित लकडाउन २५ वैशाख (भाेलि)सकिँदै थियाे ।

यसअघि वैशाख १४ गते बसेकाे मन्त्रिपरिषद बैठकले पाचौँ पटक १० दिन थपेर लकडाउन २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियाे । त्याेभन्दा अघि वैशाख २ गतेको मन्त्रिपरिषद बैठकद्वारा चौथोपटक वैशाख १५ गतेसम्मका लागि लकडाउन कायम राख्ने निर्णय गरेकाे थियाे ।

मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लाे समय नेपालगन्जमा समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे भेटिएपछि लकडाउन थप गर्ने निर्णयमा सरकार पुगेकाे देखिन्छ । नत्र वैशाख २५ पछि लकडाउन खुकुलाे पार्नेबारे पनि छलफल भइरहेकाे थियाे । विश्व स्वास्थ्य संगठनले समेत कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ ।










https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia