इनरुवा। बोर्डरमा खटिएका सुरक्षाकर्मीकालागि घाम न पानी । न हावाहुरी । मात्र केवल सीमामा ड्युटी । क्षणभरमै लाग्ने चर्को घाम अनि एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी यतिबेला अहोरात्र सीमा क्षेत्रमा तैनाथ छ ।

सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी सम्हाल्दै आएको छ । ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् ।
स्रोत साधन अभावका बिच जिम्मेबारी वहनमा रहेको सशस्त्र आज हामी बोर्डर पुग्दा हावाहुण्डरीका बिच टेन्टको डोरी समाएर बसिरहेका थिए । आँखामा स्रोत साधन अभाव र पर्याप्त बन्दोवस्तीको अभाव स्पष्ट झल्किन्थ्यो । यद्यपी उनीहरुमा कुनै अफसोच भने थिएन् ।

भारतमा कोरोनाका बिरामीको संख्या बढ्दो क्रममा रहेकाले समेत नेपाल तर्फको नाकामा नेपाली सुरक्षाकर्मीको पहरा दिन प्रतिदिन कडा हुँदै गएको छ । बोर्डरमा ९ वटा बीओपी रहेको सशस्त्रको १५ वटा अस्थाई बेस तयार गरिएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै सम्भावित आउजाउलाई ध्यानमा राखी बोर्डरमा ७९ वटा चेक पोइन्ट थपिएको छ । सीमा क्षेत्रमा ५ सय ६१ जनाको संख्यामा सशस्त्र प्रहरी परिचालित छन् । सीमामा सशस्त्रले पैदलका साथै मोटरसाइकल, गाडी र साइकल गस्ती गर्दै आएको छ ।



https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








