विराटनगर। विराटनगर स्थित कोभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा उपचाररत थप ८ जना संक्रमितहरु कोरोना मुक्त भएर आज डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरु डिस्चार्ज भएका हुन। अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोना मुक्त पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। शुक्रबार डिस्चार्ज भएकाहरुमा उदयपुर, विराटनगर तथा भारतीय नागरिक छन् । डिस्चार्जपछि पनि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिइन् ।

डिस्चार्ज भएकाहरुलाई रोग प्रतिरोधात्मक क्षमताबद्धिका लागि आयुर्वेदिक औषधि दिएर पठाइएको छ । डिस्चार्ज भएकामाध्ये ७ जनालाई विराटनर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो । अब सो अस्पतालमा १७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार नै निको भएर डिस्चार्ज भएका थिए ।







तपाईको प्रतिक्रिया

trusted online casino malaysia