उदयपुरमा थप एकमा संक्रमण देखापरेको छ। नेपालमा कोभिड-१९ संक्रमितको संख्या १ सय १० पुगेको छ । उदयपुरको भुल्के निवासी ४३ वर्षिय महिलामा नयाँ संक्रमण देखिएको हो। कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा नयाँ संक्रमण देखिएको हो ।

संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यस अघि सनिबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।







तपाईको प्रतिक्रिया

trusted online casino malaysia