काठमाडाैं। नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ । आज कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको यशाेधरा गाउँपालिका-५ र बुद्दभुमि नगरपालिका-७,१० का १८ वर्ष देखि ३४ वर्षका पुरुषहरुमामा कोरोना देखिएकाे छ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । यो सँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ । यसैगरी बाँके समेत गरी प्रदेश नम्बर ५ मा ३९ जना फेला परेका छन् । बाँकेमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सोमबार १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।










