इनरुवा। वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले सधै झै यो वर्ष पनि १२ मैइ का दिन २०० औ अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ। कोरोना भाईरसको महामारी र लकडाउनको बीचमा पनि प्रतिष्ठानका नर्सहरुले फ्लोरेन्सलाई सम्झदै नर्सिङ दिवस मनाएका हुन् । फ्लोरेन्स नाइटिंगेलको २ सय औं जन्म दिवसको अवसरमा वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले नर्सिङ दिवस मनाएको हो । नेपाल नर्सिंङ संघ BPKIHS धरान युनिटले नर्सिङ दिवसको अवसरमा स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ।

प्रतिष्ठानका मेट्रोन तथा नर्सिङ संघका ईकाई अध्यक्ष उपेन्द्र यादवले वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको जानकारी दिएका हुन। प्रतिष्ठानको सबै वार्डलाइ पुग्ने गरि १०० थान पिपिई सेट वितरण गरेको हो। साथै प्लास्टिक गाउन, फेस स्लिड, हेड कभर, एन ९५ माक्स लगायतका सुरक्षा सामाग्री स्वास्थ्यकर्मीहरुलाई वितरण गर्ने समेत योजना रहेको मेट्रोन यादवले बताएका हुन।











