काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा फेरि एकजना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। थपिएका संक्रमित कपिलवस्तु-५ निवासी २२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनको कोरोना पोजेटिभ देखिएको हो। यसअघि मंगलबार मात्र ८३ जना र बुधबार एक संक्रमित थपिएर कुल संक्रमित २१८ पुगेको थियो। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।










