सचेत नागरिक समुह इनरुवाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको छ । मोही नारायण चौधरी संयोजकत्वको समूहले प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

प्रशासन कार्यालय मार्फत प्रधानमंत्रीको कार्यालयमा पठाइएको ज्ञापन पत्रमा नेपाली भुमिमा भारतको अतिक्रमण सहैय हुन नसक्ने व्यहोरा उल्लेख छ ।नेपाली भूभाग लिपुलेक हुँदै चिनको तिब्बत क्षेत्रमा रहेको मानसरोवर सम्म पुग्ने ८० किलोमिटर क्षेत्रमा भारतले बाटो बनाउनु नेपालको सार्बभौमता र भौगोलिक अखण्डता माथिको प्रहार भएको सचेत नागरिक समूह इनरुवाको ठहर छ ।

नेपाली भूमि बचाउन र सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार समक्ष दबाब सिर्जना गराउन प्रशासन कार्यालय मार्फत प्रधानमंत्रीको कार्यालय समक्ष ज्ञापन पत्र बुझाइएको सेवन्तराज बरालले बताउनु भयो ।ज्ञापन पत्रमा कुटनितिक पहल मार्फत समस्याको समाधान खोजिनु पर्ने भनिएको छ । आवश्यकता परे अन्तराष्ट्रिय अदालत सम्म पुग्नु पर्ने धारणा राखिएको छ ।भारतीय हस्तक्षेत्र बन्द हुनुपर्ने लगातका माग सहितको ज्ञापन पत्रमा सिमा सरोकार नागरिक समितिका केन्द्रिय सदस्य गोपाल कोइराला, लगायतको हस्ताक्षर रहेको छ ।










