स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जना नयाँ संक्रमित थपिएका छन् ।थपिएकाहरुमा रुपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासीका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको २ सय ४३ पुगेको छ ।

बुधबार साँझ थपिएका २४ नयाँ संक्रमितहरुमा रुपन्देहीका २२ देखि ४१ बर्षसम्मका नौ जना पुरुषहरु छन् भने ४ देखि २८ बर्षसम्मका ३ महिलाहरु छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा ४ बर्षीया बालिकामा पनि संक्रमण देखिएको छ । यस्तै कपिलवस्तुमा २२ देखि ४२ बर्षसम्मका ८ जना पुरुष थपिएका छन् । पर्सामा ३६ र ७४ बर्षीय दुई पुरुष र ३६ बर्षीया महिलामा संक्रमण फेला परेको छ । यसैगरी नवलपरासीमा ३६ बर्षीय पुरुषमा पनि संक्रमण फेला परेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।










