बिहीबार बिहान गरिएको दाेस्राे पटकको अपडेटमा नेपालमा थप ५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको छ । यस अघि आज बिहानै थप २ जनामा संक्रमणको पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाेस्राे पटकको अपडेटमा थप ५ जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरे अनुसार पुष्टि भएकाहरु सर्लाही, धनुषा र महाेत्तरीका हुन्। मन्त्रालयका अनुसार सर्लाही, धान्काैल नगरपालिका निवासी ४५ वर्षीय एक पुरूष तथा धनुषाकाे जनकपुर र मिथिला निवासी ४० वर्षीय पुरूष तथा २० वर्षीया महिलामा संक्रमण देखिएकाे हाे । यसैगरी महाेत्तरीकाे जलेश्वर र बलवा निवासी १६ तथा ३५ वर्षीय पुरूषमा पनि संक्रमण देखिएकाे छ । उनीहरूकाे स्वस्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।










