बिहीबार बिहानकाे दाेस्राे अपडेटमा नेपालमा काेराेना संक्रमित संख्याकाे तथ्यांक अपडेट गर्दा स्वास्थ्य मन्त्रालयबाट त्रुटि भएको स्वीकारेकाे छ । बिहीबार बिहानकाे दाेस्राे अपडेटमा कोरोना संक्रमित संख्या २५० पुगेको उल्लेख गरिएको थियो। नेपालमा थप ५ जनामा काेराेना भाइरस पुष्टि भएकाे भन्दै मन्त्रालयले विज्ञप्ती निकालेकाे थियाे ।

तर वास्तविक संक्रमित संख्या २४५ नै कायम रहेकाे मन्त्रालयले उल्लेख गरेको छ। स्वास्थ्य मन्त्रालयबाट अर्को विज्ञप्तीमा प्राविधिक गल्तीले गर्दा कारणवश यसअघि २५० संक्रमित पुगेकाे भनी विवरण गएकाेमा साे सच्याउँदै वास्तविक संक्रमित संख्या २४५ नै कायम रहेकाे जनाएकाे हाे ।










