स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुरको प्रयोगशालमा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय अनुसार संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको उल्लेख गरिएको छ। बिहिबार बिहान मात्रै थप २ जनामा संक्रमण देखिएको
पुष्टि भएको थियो। यो सँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ।










