काठमाडौं । बिहीबार साझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखापरेको छ । योसहित अब नेपालमा कुल संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर धनुषा निवासी १७ वर्षीया किशोरी र धादिङ निवासी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमााडौंमा परीक्षण गरिएको थियो । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।










