लक डाउनको उल्लंघन गरी घर बाहिर निस्कने एक सय बढीलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले इनरुवा नगरपालिका भित्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विहानको समयमा मर्निङ वाकमा निस्कने देखि सरसामान किन्न बजार निस्केका र विना काम भौतारिने समेत छन् । उनीहरु सबैलाई प्रहरीले केहिबेर अघि छाडेको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.1126134421118215/1126134454451545/?type=3&theater
विहानको समयमा पक्राउ गरी छाडिएकाहरुलाई प्रहरीले सचेतना कक्षामा सहभागी गराएर आइन्दा लक डाउन उल्लंघन नगर्ने सर्तमा छाडेको छ । नियन्त्रणमा लिइएकाहरुको नामावली संकलन गरी छाडेको प्रहरीले पूनः लक डाउन उल्लंघन गरेको पाइए कानुन बमोजिम कार्वाहीको प्रकृयामा लैजाने जनाएको छ ।










