बैदेशिक रोजगारीका क्रममा बिदेशिएका नगरवासीको हकमा इनरुवा नगरपालिकाले आवश्यक पहल थाल्ने भएको छ ।लक डाउनका कारण समस्यामा परेका त्यस्ता नागरिकको हकमा श्रम मन्त्रालय मार्फत दुतावाससँग समन्वय गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।नगर प्रमुख राजन मेहताले सामी परियोजना अन्र्तगत रही विदेशमा समस्यामा परेका नगरवासीको हकमा आवश्यक पहल थालिने बताए ।

मेहताले लक डाउनले विश्व आक्रान्त भैरहेको अवस्थाका बिच रोजगारीका लागि बिदेशिएका नगरवासीको विवरण संकलन समेत थालिएको बताए । उलने विदेशमा रहँदा उपचार, खानपिन र बसोबासको व्यवस्था मिलाउन सम्वन्धित निकायमा पहल थालिएको बताए । जसकालागि विदेशमा रहेकाहरुको बारेमा जानकारी गराउन उनले आग्रह समेत गरेका छन् ।नगरपालिकाको कार्यालयका अनुसार विदेशमा समस्यामा परेका नगरवासीहरुले सामी परियोजनाको इमेल (mrcsunsari@gmail.com) फेसबुक पेज SaMi Sunsari (samisunsari) वा इनरुवा नगरपालिकाको फेसबुक पेज मार्फत सम्पर्कमा आउन सकिने छ । त्यसैगरी परिवार वा आफन्तले नगरपालिकाको कार्यालयमा सो बारेमा जानकारी गराउन समेत सक्ने छन् ।










