आइतबार साँझ नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरे अनुसार आइतबार साँझ प्रदेश १ मा ३ जना संक्रमित थपिएको छ । थपिएका संक्रमितमा धनकुटाका ३४ बर्षकी महिला तथा विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन्। संक्रमित महिला नर्स भएको बताइएको छ ।

यस अघि आइतबार बिहान पनि १० जना संक्रमित थपिएका। यससँगै नेपालमा स‌ंक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा स‌ंक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् । थप तिनै जना संक्रमितहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia